१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २५ बुधबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोकिएका विज्ञापनको परीक्षा सञ्चालन गर्न कार्यतालिका बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २५ बुधबार २०:१४:००

सर्वाेच्च अदालतले थारू क्लस्टरको मुद्दामा परमादेश जारी गरेसँगै लोकसेवा आयोगले यसअघि रोकिएका विज्ञापनको प्रक्रिया अगाडि बढाउने भएको छ ।

सर्वाेच्चले थारुसहितका नयाँ क्लस्टर समावेश गरी ९ महिनाभित्र निजामती सेवा ऐन जारी गर्न र हाल रोकिएका विज्ञापनको प्रक्रियाअगाडि बढाउन परमादेश जारी गरेको भोलिपल्ट बुधबार आयोगका पदाधिकारी, सचिव र महाशाखा प्रमुखबीच छलफल भएको थियो ।

छलफलमा थारू क्लस्टरका कारण यसअघि रोकिएका निजामती सेवासँगै सुरक्षा निकाय र संगठित संस्थाका विज्ञापनको परीक्षाका लागि नयाँ कार्यतालिका बनाउने समझदारी बनेको छ । 

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार निजामतीतर्फ रोकिएका परीक्षा आगामी तीन महिनाभित्र र संगठित संस्थाका परीक्षा ६ महिनाभित्र सक्नेगरी कार्यतालिका बन्न सक्छ । 

‘निजामतीका परीक्षा धेरै रोकिएका छैनन् चाँडै परीक्षा सञ्चालन गर्न सकिने देखिन्छ,’ उनले भने, ‘तर सुरक्षा निकायसहित अन्य क्षेत्रका थुप्रै विज्ञापन रोकिएका छन् ।’

यद्यपि, यसबारे आयोगले मुख्यसचिव शंकरदास बैरागी र कानुनसचिव धनराज ज्ञवालीसँग पनि छलफल गर्नेछ ।

थारूलाई आरक्षण छुट्याउन माग गर्दै थारू कल्याणकारिणाी सभाबाट धमाधम रिट दायर हुँदा संघमा मात्र पाँच हजार आठ सय ४६ पदका परीक्षा रोकिका थिए । त्यसबाहेक प्रदेशमा पनि परीक्षा रोकिएका थिए ।

तर, सर्वाेच्चले परीक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाउन आदेश दिएसँगै अब निजामतीतर्फ शाखा अधिकृत, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक)  र स्वास्थ्य सेवाका पाँचौँ तहको परीक्षा सञ्चानलनको बाटो खुलेको छ ।

त्यस्तै, सशस्त्र प्रहरीतर्फ चिकित्सक र स्टाफ नर्स,  सशस्त्र प्रहरीमै निरीक्षक र सहायक निरीक्षक, नेपाली सेनामा अधिकृत क्याडेट र सैन्यको परीक्षा पनि रोकिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणको तीनदेखि दशौँ तहसम्म,  खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहायक चौथोदेखि दशौँ तहसम्म,  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत निकायको विज्ञापनका परीक्षा पनि रोकिएका थिए।