१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ माघ २५ बुधबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिउँदे वर्षा नहुँदा साढे ६ हजार हेक्टरमा लगाइएको बाली प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार o६:५२:oo

हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसक्ने समस्या देखिएको छ । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने भए पनि दसैँपछि एक झर पानी नपरेका कारण खेतबारी सुक्न थालेको रेसुंगा नगरपालिका–५ का युवराज केसीले बताए । भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, केराउ, आलु, तोरी र अन्नबालीमा गहुँ तथा आँपसहितका फलका रूखमा हिउँदे वर्षा आवश्यक छ । तर, यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको केसीले बताए ।

लामो समय वर्षा नहुँदा पानीका मुहान सुक्ने र खडेरीका कारण आगलागीका घट्नासमेत बढ्न सक्ने बढ्ने अर्को त्रास हुने उनको भनाइ छ । हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत पँधेराहरू र खोलाखोल्सा सुक्छन् । जिल्लामा अर्बाँैका लिफ्ट खानेपानी योजना छन् । तर, लिफ्टका मुहानहरू सुक्ने अवस्था रहेकाले यस्तै अवस्थामा खानेपानीको ठूलो हाहाकार मच्चिने मुसिकोट नगरपालिका–३ का तेजबहादुर जिसीले बताए । 

कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार तीनपटक अनिवार्य पानी चाहिने गहुँ र जौ बर्सात नहुँदा प्रभावित भएको छ । त्यस्तै, कोसा र दाना लाग्ने वेलाको तोरी र केराउ पनि वर्षा नभएका कारण प्रभावित भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । आँप र लिचीबाट पानी नपरेका कारण राम्रो उत्पादन नहुने भण्डारीले बताए । जिल्लामा खेतीयोग्य जमिन ६४ हजार पाँच सय पाँच हेक्टर छ । जसमा ३४ हजार ४० हेक्टर जमिनमा खेती गरिएको छ । त्योमध्ये कुल सिञ्चित क्षेत्रफल १० हजार २४ हेक्टर, बाह्रै महिना सिञ्चित क्षेत्रफल तीन हजार ६ सय २६ हेक्टर तथा आंशिक सिञ्चित ६ हजार तीन सय ९६ हेक्टर रहेको छ ।

अहिले बर्सात नहुँदा ६ हजार तीन सय ९६ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर परेको ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताए । उनले हिउँदे वर्षा कम हुँदाको वर्ष समग्र कृषि उत्पादन घट्ने बताए । 

ad
ad
ad
ad