१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
२o७९ माघ २४ मंगलबार १५:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

शिवशिखर सहकारीको धनगढी सेवा कार्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार १५:४८:oo

आर्थिक तरलतामा गुज्रिरहेको शिवशिखर सहकारीले कैलालीको धनगढीस्थित सेवा कार्यालय बन्द गरेको छ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशभर सेवा विस्तार गरेको शिवशिखरले सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने स्थिति भएपछि मंगलबारबाट धनगढी सेवा कार्यालय बन्द गरेको हो। 

सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी (कर्जा) असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको बताएका छन्।

सहकारी आर्थिक संकटमा परेको खबर सार्वजनिक भएपछि यो  सहकारीका देशभरका सेयरधनी र ग्राहकले धमाधम रकम झिक्न थालेका हुन्।

‘हालको मन्दीका कारण सबै बचतकर्ता एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा’ पुँजी व्यस्थापन हुन नसकेको सहकारीले सार्वजनिक सूचना जारी गरेर दाबी गरेको छ। 

शिवशिखरको बुटवल सेवा कार्यालयका बचतकर्ता ठगिएको खबर सार्वजनिक भएपछि धनगढी, कञ्चनपुर, महेन्द्रनगरलगायतका सेवा कार्यालयबाट बचत, मुद्दती र सेयर रकम फिर्ता गर्ने ह्वात्तै बढेका छन्।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सहकारीले २८ असोज ०६९  मा सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो।