Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ माघ २० शुक्रबार १९:११:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेस सरकार दोस्रोपटक विस्तार, माओवादी बाहिरै

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ माघ २० शुक्रबार १९:११:००

मधेस सरकार गठन भएको दुई सातापछि मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले आज एमाले, जसपा र जनमत पार्टीबाट मन्त्री थप गरेका हुन् । 

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरे । केन्द्रमा बनेको गठबन्धनको एक प्रमुख दल माओवादी भने सरकारमा सहभागी भएको छैन । 

विस्तारित मन्त्रिपरिषदमा स्वतन्त्रबाट निर्वाचित भई जसपामा प्रवेश गरेकी सुरिता साहले सामाजिक विकास मन्त्रालय, एमालेका सत्रुधनप्रसाद सिंहले गृह तथा सञ्चार मन्त्रालय र जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले शिक्षा विज्ञान तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

जसपाका सिंहासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास, एमालेका राजकुमार लेखीलाई कानुन न्याय तथा प्रदेश मामिला र मोहम्मद जैद आलम खाँलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ । 

जसपाका शेष अब्दुल कलाम अजाद (पुलबाबु) लाई सामाजिक विकास राज्यमन्त्री, स्वतन्त्रबाट निर्वाचित भई आजै एमाले प्रवेश गरेका केशव रायलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमत पार्टीका सांसद सञ्जय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ । 

प्रदेश सरकार दोस्रोपटक विस्तार भए पनि पूर्णता पाउन भने सकेको छैन । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक दश मन्त्रालय छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।