Skip This
परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २० शुक्रबार १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार १५:५४:oo

श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन्। 

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री अली सब्रीसँग भेट गर्ने कार्यक्रम छ। भेटवार्तापछि उनले श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन्। 

भोलि बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झन्डाेत्ताेलन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा. पौड्याल सहभागी हुने कार्यक्रम छ। कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट हुनेछ।