Skip This
हवाई उडानमा नयाँ नियम, पाइलटको ‘वर्किङ आवर’ र उडान संख्यामा कटौती 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हवाई उडानमा नयाँ नियम, पाइलटको ‘वर्किङ आवर’ र उडान संख्यामा कटौती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १६:१८:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रा सुरक्षित बनाउन आगामी गृष्मकालीन मौसम लागेसँगै हवाई उडान नयाँ व्यवस्था लागू गर्ने भएको छ।

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो। 

बुधबार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन हवाई उडानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताए। 

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्डबमोजिम ३-३ वा ६-६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउन नियम परिमार्जन गर्ने गरिएको बताए। 

उनका अनुसार २७ जनवरीदेखि ३१ सम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको बताए। 

सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको बताए। 

नयाँ नियममा प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठपटक मात्र अवतरण गर्न पाउने व्यवस्था छ। हाल दैनिक १० घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ। उनले आइएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने बताए। 

उनले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल)मा विमान जमिनको तहबाट सधैँ पाँच सय फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने जानकारी दिए। 

सूचना अधिकारी भुलका अनुसार चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको छ।