मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १४:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १४:०२:००

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न ४:३० बजे बैठक बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक डेढ घण्टापछि सरेकाे हाे ।

गृह मन्त्रालयको विषयलाई लिएर सत्तारूढ गठबन्धनभित्र विवादको स्थिति देखिइरहँदा रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । बैठकले ‘कोर्स करेक्सन’ हुने सो पार्टीका नेताहरूले बताएका छन् ।

यसअघि पार्टीका सभापति रवि लामिछानेले मौनताको समय सकिएको चेतावनी दिँदै सरकारबाट बाहिरिने संकेत गरेका थिए ।