मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा काठमाडाैं
२०७९ माघ १९ बिहीबार ०६:१७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिंहदरबारमै फुटेको ढल टाल्न दुई दिन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ माघ १९ बिहीबार ०६:१७:००

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटअगाडि फुटेको ढल । मंगलबार दिउँसैदेखि फुटेको ढल दुई दिनसम्म मर्मत नहुँदा अनामनगरआसपासमा दुर्गन्ध फैलिनुका साथै सवारी आवागमनसमेत प्रभावित बन्यो ।

बुधबार दिनभर यस रुटमा चल्ने सार्वजनिक यातायातका साधन आवागमनमा समस्या भयो भने हिलाम्मे बनेको सडकमा पैदलयात्री र स्थानीयले सास्ती व्यहोर्नुपर्‍यो । बुधबार अबेरसम्म काठमाडौं महानगरपालिकाले फुटेको ठाउँ टालटुल पारे पनि अवरुद्ध ढल खोलेको छैन ।