मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Wednesday, 09 July, 2025
२o७९ माघ १८ बुधबार १३:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू-१९ राष्ट्रिय क्रिकेट टिमको कप्तान गुल्सनकुमार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १३:१९:oo

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सकिएको छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले नेपाली यू– १९ राष्ट्रिय क्रिकेट टिमको कप्तानका रूपमा गुल्सनकुमार झालाई नियुक्त गरेको छ। 

यस्तै, बैठकले खेलाडीहरूको ग्रेडिङ गरेको छ। ‘ग्रेड ए’मा  रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन्। 

‘ग्रेड बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।