१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

पहिलो तलबले बुबाआमालाई कपडा किनेँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:o५:oo

०५५/५६ सालतिर रेडियो सगरमाथामा काम गर्थें । त्यसवेला तीन महिना ‘भोलेन्टियर’ गरेपछि मात्रै काम गर्न पाइन्थ्यो । त्यसवेला काम पाउनु नै ठूलो कुरा हुन्थ्यो । मैले जीवनमा पहिलो तलब रेडियो सगरमाथामै पाएँ । मलाई अझै याद छ, तीन हजार रुपैयाँ थियो । दसैँको वेला थियो । त्यही पैसाले बुबालाई ज्याकेट र आमालाई पछ्यौरी किनेँ ।

जीवनमा पहिलोपटक बुबाआमाको मुहारमा खुसी देखेँ । ज्याकेट हातमा लिएपछि बुबाको आँखामा हर्षको आँसु देखेँ । त्यो क्षणलाई शब्दमा वर्णन गर्न सक्दिनँ । किनभने, बुबाको उमेर ४० हुँदा म जन्मिएँ । त्यसैले मप्रति बुबाको ठूलो चिन्ता थियो ।

‘तेरो प्रगति हेर्न पाउँदिनँ होला’ भन्नुहुन्थ्यो । त्यही कुरा सुन्दै हुर्किएँ । मलाई पनि बुबाको ज्यान हुँदै केही गर्नुपर्छ भन्ने लाग्थ्यो । पैसा पाएपछि सुरुमै बुबाआमालाई कपडा किन्छु भन्ने सोच आयो । अरूतिर खर्च गर्न मन लागेन ।

ad
ad