मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७९ माघ १७ मंगलबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै गान र लोगो बनाउँदै तातोपानी गाउँपालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १२:४९:oo

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने भएको छ। गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो बनाउनका लागि एकमहिने सार्वजनिक सूचना जारी गरिएको छ।

खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। 

डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए। उनले भने, ‘पालिकाको एउटै पत्रमा नेपाल सरकारको लोगो रहने गरी अर्काे छेउमा तातोपानी गाउँपालिकाको लोगो हुन्छ। लोगो र पालिका गान मौलिक हुनुपर्नेछ।’