मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी विकासको बाँकी काम क्यालेण्डरअनुसार कार्ययोजना बनाएर गर्नुस् : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १६:३२:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार कोषले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै यस्तो निर्देशन दिएका हुन् । उनले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमान्दारिताका साथ गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट र कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजनाअनुसारको काम चाहिने प्रष्ट पारे । उनले नेपालको संविधान र कानूनअनुसार संरचना र कर्मचारी भएपनि काम किन नभएको ? भन्दै प्रश्न गरे । 

‘अब काम चाहियो । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजान चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डरअनुसार कार्ययोजना चाहियो,’ उनले भने ।