
बेलुकाको समयमा हिँड्दा पनि शारीरिक अभ्यास हुन्छ, पसिना बग्छ । तर, बिहानको जति उर्जा बेलुकाको समयमा गरिएको वाकबाट मिल्दैन । बिहान हिँड्न समय नभएकाहरूले बेलुकी हिँड्दा हुन्छ । तर, साँझ हिँड्दा केही कुरामा सावधानी अपनाउनुपर्छ । साँझको समय प्रदूषणले असर गर्न सक्ने भएकाले धुलोधुवाँ नहुने ठाउँ छानेर हिँड्नुपर्छ । गाडीको चहलपहल नहुने, हरियाली भएको ठाउँ वा नजिकको खुला पार्कमा हिँड्नु राम्रो हुन्छ ।
जाडोमा बिहान हिँड्दा पनि विशेष सावधानी अपनाउनुपर्छ । एकाबिहानै चिसोमा हिँड्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । दीर्घरोगीलाई चिसोले अझै धेरै सताउँछ । त्यसैले घाम लागेर जमिन हल्का तातो भएपछि मात्र हिँड्न थाल्नु राम्रो मानिन्छ । बिहानको समयमा छालामा घाम पर्दा शरीरलाई धेरै फाइदा मिल्छ । भिटामिन डी प्राप्त हुन्छ । घाम छालामा पर्नु भनेको कीटाणु मर्नु पनि हो । सीधै परेको घामले कीटाणु मार्छ ।