Skip This
गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका भन्सारका नासुलाई सफाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १२ बिहीबार १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका भन्सारका नासुलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १८:४o:oo

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ।

बुधबार न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो। 

भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापाले १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो। 

अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरुलाई पनि विपक्षी बनाइएको थियो। तर, बुधबार उनीहरू सबैले सफाइ पाएका हुन्। 

नासु थापा २०५६ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। सो अवधिदेखि आर्थिक वर्ष ०७५-७६ सम्मको आय-व्यय हेर्दा अस्वाभाविक देखिएपछि मुद्दा दायर भएको थियो। 

उनको वैध आय २ करोड १ लाख ९८ हजार देखिए पनि खर्चचाहिँ ३ करोड ८९ लाखभन्दा बढी देखिएको थियो। मुद्दा दायर भएको १० महिनामै विशेषले फैसला गरेको हो।