१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

थोरै बोल्छु, धेरै काम गर्छु : मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५३:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले आफू अहिले थोरै बोल्ने, तर धेरै काम गर्ने योजनामा रहेको बताएका छन् ।

बुधबार नेकपा एमाले छथर जोरपाटी गाउँपालिका कमिटीले मन्त्री राईको सम्मानमा आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । पूरा नहुने गरी धेरै आश्वासन बाँड्नेभन्दा पनि जनताको चाहनाअनुरूप थोरै बोल्ने, तर धेरै काम गर्ने उनले बताए ।

जनतासँग आफूले सधैँ नजिकको सम्बन्ध कायम राख्ने भन्दै उनले केही समस्या परे आफूलाई सीधै सम्पर्क गर्न पनि आमनागरिकलाई आग्रह गरे ।

फरक प्रसंगमा मन्त्री राईले केही दिनभित्रै भूमि आयोग नयाँ गठन गरिने जानकारी दिए । आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने काम जनताको चाहनाअनुरूप गर्ने योजना उनले सुनाए ।

सो अवसरमा मन्त्री राईले आफूले पारिश्रमिकबापत पाएको रकम धनकुटाको सिँधुवाका आगलागी पीडितलाई प्रदान गरेका छन् । आगलागीपीडित आठ परिवारलाई ५५ हजार नगद प्रदान गर्दै उनले घर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

ad
ad