१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख २० बिहीबार २१:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टर्मिनलसम्मको पास मिलाइदिन मासिक १० हजार घुस, दराजमा आठ लाख, ब्ल्याक लेबलसहित नौ बोतल मदिरा

विमानस्थलका उपसचिव चुडालको भ्रष्टाचार वृत्तान्त,

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:५o:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय गौचरमा आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका नवौँ तहका पूर्णप्रसाद चुडाललाई अख्तियार टोलीले घुससहित पक्राउ गर्याे । 

झापा बाह्रदशी गाउँपालिका–६ का स्थायी बासिन्दा ५१ वर्षीय चुडालमाथि अनुसन्धान जारी छ । तर, उनले लिने घुस र त्यसको प्रवृत्ति भने रोचक देखिएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्ने पास मिलाएर सजिलो बनाइदिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । त्यस्तो सहजीकरण गरेबापत चुडालले मासिक १० हजारका दरले घुस लिएको अख्तियार टोलीले भेटेको छ । 

उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ठ डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो । 

कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेबल, एक बोतल डबल ब्ल्याक लेबल, चिभास रिगल, ग्लेनफिडिक, गोर्खाज एन्ड गन्स गरी नौ बोतल मदिरा बरामद गरेको छ । त्यस्तै, चार थान मोबाइल फोन पनि टोलीले बरामद गरेको छ । 

अख्तियारले चुडालमाथि थप अनुसन्धान चलिरहेको जनाएको छ । 
 

ad
ad