त्रिभुवन विमानस्थल टर्मिनल व्यवस्थापन प्रमुख चुँडाल रंगेहात पक्राउ

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्। 

विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुससहित पक्राउ गरेको हो। चुँडाल नवौँ तहका कर्मचारी हुन्। 

पक्राउपछि उनीमाथि थप जाँचबुझ र मुचुल्का उठाउनेलगायतका काम अख्तियार टोलीले गरिरहेको छ। उनले नियमित घुस लिने गरेका अख्तियार स्रोतले बताएको छ। घुस रकम भने खुलाइएको छैन।

सुझावित समाचार