१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ९ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटनमन्त्रीको कडा निर्देशन- कुन जहाज, कति बजे, कहाँ ‘डिले’ भयो रिपोर्ट चाहियो   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १५:o९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्। 

कुन जहाज, कति बजे, कहाँ डिले भयो भन्नेसम्मको रिपाेर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किराँतीको कडा निर्देशन दिएका छन्। 

उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफूसमक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए। गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो। 

सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरूको स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपाल वायुसेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने बताए। 

‘अब हामीलाई बिजनेस प्लान चाहियो। प्रत्येक दिन यहाँको रिपाेर्ट हामीलाई चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घन्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ।’ 

उनले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न पनि निर्देशन दिए। उनले भने, ‘यतीले सक्छ, सीताले सक्छ, बुद्ध एयरले सक्छ । यसले किन सक्दैन । सकिँदैन भने राजीनामा दिएर गए हुन्छ ?’ मन्त्री किराँतीले अन्य जहाजहरू नाफामा हुने, तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्नेसमेत बताए।