मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ माघ ९ सोमबार १३:३९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महँगो ब्याजले उद्यम टिकाउनै चुनौती छ : अध्यक्ष गोल्छा

Read Time : < 1 मिनेट
२०७९ माघ ९ सोमबार १३:३९:००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन् । तर, बैंकहरूको महँगो ब्याजका कारण उद्यम टिकाउनसमेत चुनौती भइरहेको बताए ।

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको छ । महँगाे ब्याजले लगानी विस्तार त परको कुरा भयो, उद्यम टिकाउनसमेत चुनौती भएको छ ।’

देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै गोल्छाले साना उद्योगको पहुँच विस्तार गरी तीनै तहका उद्योगले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख गरे । उनले सरकारलाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे ।