१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी हुन्छ अनिद्राको समाधान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३७:oo

वयस्क मानिसको स्वास्थ्यका लागि पर्याप्त र राम्रो निद्रा आवश्यक हुन्छ । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ । तर, पछिल्लो समय मानिसमा निद्रा नलाग्ने समस्या बढेको छ ।

राति निदाउन कठिनाइ भएको, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ । अनिद्रालाई रोग नै भन्न मिल्दैन । यद्यपि, मनोरोगका केही लक्षण गडबड भएर निद्रा बिग्रने हुन्छ । एनजाइटी, डिप्रेसन, साइकोसिभको समस्या हुँदा पनि सुरुमा निद्रा बिग्रन्छ । निद्रालाई एउटा लक्षणका रूपमा लिनुपर्छ । तर, अन्य मानसिक रोगमा पनि निद्रा बिग्रन्छ । 

एन्जाइटीको समस्या आयो भने पनि सुरुमा निद्रा नआउने हुन्छ । डिप्रेसनको समस्यामा पनि सुरुमा निद्रा आउँछ, अनि छिटै खुल्ने हुन्छ । निद्रा नै लाग्दैन, सुरुमा आउँदैआउँदैन, बेडमा गयो आँखा ट्वाल्ल हुन्छ । डिप्रेसनका बिरामीमा प्रायजसो सुरुमा अलिअलि निद्रा आउँछ, अनि निदाउँछन् । तर, बिउँझेपछि फेरि निदाउन गाह्रो हुन्छ ।

धेरै सोच आउनु, थकान हुनु निद्रा बिग्रने मुख्य कारण हुन् । यसबाट बच्नका लागि बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ । दैनिक शारीरिक व्यायाम गर्नुपर्छ । स्वस्थ खानेकुरा र जीवनशैली अपनाउनुपर्छ । सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा खानुहुँदैन । कम र स्वस्थकर खाना खाने बानी बसाल्नुपर्छ । बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्नुपर्छ । दिउँसो सकेसम्म सुत्नुहुँदैन । 

ad
ad