१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ८ आइतबार ०८:१२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुन क्लबको कति आम्दानी ?

Read Time : > 2 मिनेट
२०७९ माघ ८ आइतबार ०८:१२:००

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी गत सिजनमा सर्वाधिक आम्दानी गर्ने क्लब बनेको छ । अन्तर्राष्ट्रिय अडिटिङ एजेन्सी डेलोइटले निकालेको २० क्लबको तथ्यांकअनुसार सिजन २०२१/२२ मा सिटी सात सय ३१ मिलियन युरो कमाइका साथ शीर्ष स्थानमा रह्यो । शीर्ष २० क्लबमा इंग्लिस प्रिमियर लिगका ११ क्लब रहेका छन् । २६ वर्षभित्र पहिलोपटक इंग्लिस प्रिमियर लिगका ११ क्लब शीर्ष स्थानमा आएका हुन् ।

स्पेनिस ला लिगाका तीन, जर्मन बुन्डेस लिगाका दुई, इटालियन सिरी ‘ए’का चार र फ्रेन्च लिग वानको एक टोलीले शीर्ष २० भित्र स्थान बनाएका छन् । यसैगरी, दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिड, तेस्रो लिभरपुल, चौथो म्यानचेस्टर युनाइटेड, पाँचौँ पेरिस सेन्ट जर्मेन (पिएसजी) र छैटौँ बायर्न म्युनिख रहेका छन् । तथ्यांकअनुसार बार्सिलोना सातौँ स्थानमा छ । आठौँ चेल्सी, नवौँ टोटनह्याम र दशौँमा आर्सनल छन् । यसैगरी, युभेन्टस, एट्लेटिको म्याड्रिड, बोरुसिया डर्टमन्ड, इन्टर मिलान, वेस्टह्याम युनाइटेड, एसी मिलान, लेस्टर सिटी, लिड्स युनाइटेड, एभर्टन र न्युकासल युनाइटेड क्रमशः ११औँ देखि २०औँ सम्म रहेका छन् । 

म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
कमाइ – ७३१ मिलियन युरो 

सर्वाधिक कमाइ गर्नेमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको छ । सिटी विश्वका चर्चित खेलाडी अनुबन्ध गर्ने र धेरै खर्च गर्ने क्लबमा पर्छ । सिटीले सिजन २०२१–२२ मा टिकट बिक्री, मार्केटिङ, प्रसारण अधिकारबाट ठूलो रकम आर्जन ग¥यो । सन् २०२०–२१ सिजनमा सिटीले ६४४.९ मिलियन युरो कमाएको थियो । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटी यसपटक प्रिमियर लिगसहित च्याम्पियन्स लिग जित्ने योजनामा छ ।

रियल म्याड्रिड (स्पेन)
कमाइ – ७१३.८ मिलियन युरो 

सर्वाधिक कमाइ गर्नेमा ला लिगा क्लब रियल म्याड्रिड दोस्रो स्थानमा छ । ला लिगा र च्याम्पियन्स लिग उपाधि विजेता म्याड्रिडले ७१३.८ मिलियन युरो कमाएको छ । म्याड्रिडले समेत टिकट, ब्रोडकास्टिङ र मार्केटिङबाट ठूलो रकम आर्जन गरेको हो । अघिल्लो सिजन म्याड्रिडले ६४०.७ युरो कमाउँदा यसपटक ठूलो रकम आर्जन गर्‍यो । यसपटक समेत म्याड्रिड ला लिगा र च्याम्पियन्स लिग जित्ने योजनामा छ । 

लिभरपुल (इंग्ल्यान्ड)
कमाइ – ७०१.७ मिलियन युरो 

अघिल्लो सिजन सातौँ स्थानमा रहेको प्रिमियर लिग क्लब लिभरपुल यसपटक सर्वाधिक कमाउनेमा तेस्रो स्थानमा फड्को मारेको छ । च्याम्पियन्स लिग फाइनल खेलेको लिभरपुल ठूलो फड्को मार्ने टोलीमा रह्यो । यसपटक क्लब खराब प्रदर्शनबाट गुज्रिएको छ । अघिल्लो सिजन ५५०.४ मिलियन युरो कमाएको लिभरपुलले यसपटक ७०१.७ मिलियन युरो कमाएको छ । 

म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
कमाइ – ६८८.६ मिलियन युरो

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले समेत यसपटक कमाइमा सुधार गरेको छ । कोरोना महामारीका समयमा आर्थिक मन्दीबाट गुज्रिएको युनाइटेडले यसपटक चौथो स्थान हासिल गरेको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भिœयाउँदा युनाइटेडको मार्केटिङ बढेको छ । यद्यपि, रोनाल्डो वर्तमान समय साउदी अरेबियाको अल नासेर क्लबमा पुगेका छन् । यसपटक युनाइटेडले ६८८.६ मिलियन युरो कमाइ गरेको छ । 

पेरिस सेन्ट जर्मेन (फ्रान्स)
कमाइ – ६५४.२ मिलियन युरो 

फ्रान्सको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सर्वाधिक कमाउनेमा पाँचौँ स्थानमा छ । गत वर्षको तुलनामा एक स्थान सुधार गरेको पिएसजीले ६५४.२ मिलियन युरो कमायो । लियोनल मेसी, नेमार र केलियन एम्बाप्पेजस्ता स्टार खेलाडी भए पनि अघिल्लो सिजन पिएसजीले ५५६.२ मिलियन युरो मात्र कमाएको थियो । च्याम्पियन्स लिग फाइनल जित्ने योजना बनाएको पिएसजी सफल हुन नसक्दा आम्दानीसमेत बढ्न सकेन । 

बायर्न म्युनिख (जर्मनी)
कमाइ – ६५३.६ मिलियन युरो 

बुन्डेस लिगाको उपाधिमा एकाधिकार जमाएको बायर्न म्युनिखले यसपटक आम्दानीसमेत गुमाएको छ । सन् २०२०–२१ तेस्रो स्थानमा रहेको बायर्न यसपटक छैटौँ स्थानमा झर्‍यो । यद्यपि, अघिल्लो सिजनको भन्दा यस सिजन ४२ मिलियन युरो बढी कमाएको छ । यसपटक बायर्नले ६५३.६ मिलियन युरो कमाएको छ । बुन्डेस लिगाको शीर्ष स्थानमा रहँदै उपाधि जित्ने योजनामा १५ खेल खेल्दासम्म बायर्न सफल भएको छ । 

बार्सिलोना (स्पेन)
कमाइ – ६३८.२ मिलियन युरो 

कोरोनाका कारण आर्थिक स्थिति कमजोर बन्दा बार्सिलोनाले लियोनल मेसी गुमाउन पुगेको थियो । त्यसपछि बार्सिलोना स्वाभाविक लयमा समेत देखिएन । जसका कारण बार्र्सिलोनाको आम्दानीसमेत घटेको छ । यस सिजन बार्सिलोना चौथोबाट साँतौँमा झरेको छ । अघिल्लो सिजनको तुलनामा बार्सिलोनाले ५६ मिलियन युरो बढी कमाएको छ । स्पेनिस ला लिगा उपाधि जित्ने योजना बनाएको बार्सिलोनाले यस सिजन ६३८.२ मिलियन युरो कमायो । 

चेल्सी (इंग्ल्यान्ड)
कमाइ – ५६८.२ मिलियन युरो 

सर्वाधिक कमाइ गर्ने टोलीमा प्रिमियर लिग क्लब चेल्सी आठौँ स्थानमा छ । प्रिमियर लिग क्लबमा चेल्सी चौथो स्थानमा पर्छ । चेल्सीले समेत अघिल्लो सिजनको तुलनामा बढी कमाइ गरेको छ । क्लब व्यवस्थापक परिवर्तन भए पनि चेल्सीले ५६८.३ मिलियन युरो कमाएको छ । क्लब यसपटक प्रिमियर लिगमा खराब प्रदर्शनबाट गुज्रिएको छ । 

टोटनह्याम (इंग्ल्यान्ड)
कमाइ – ५२३ मिलियन युरो 

प्रिमियर लिग क्लब टोटनह्याम सर्वाधिक कमाइ गर्नेमा नवाैँ स्थानमा पर्छ । प्रिमियर लिगमा अघिल्लो सिजन टोटनह्यामले चौथो स्थानमा टुंग्याएको थियो । यसपटक लयमा देखिएको टोटनह्याम पाँचौँ स्थानमा छ । च्याम्पियन्स लिगमा टोटनह्यामले एसी मिलानको सामना गर्नेछ । हालसम्म टोटनह्यामले प्रिमियर लिग उपाधि दुईपटक मात्रै जितेको छ ।