मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान च्यात्न ‘पूर्वप्रधानमन्त्रीहरू’ नै मौका ढुकेर बसेका छन् : सांसद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १५:१२:oo

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू नै मौका ढुकेर बसेको आरोप लगाएका छन्। 

शनिबार प्रतिनिधिसभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वप्रधानमन्त्रीहरु नै अर्बौँ भ्रष्टाचारहरु सिस्टम मिलाएर गर्न लागिपरेको बताए। आफूलाई मन लागेको कानुन राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको उनको आरोप थियो। 

सांसद चौधरीले संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने बताए। अहिले पनि नेपालको संविधान धेरै संकटमा रहेको उनको तर्क थियो।  सांसद चौधरीले संसदमा संविधानको कुतर्क गर्ने व्यक्ति रहेसम्म संविधान च्यातिने सम्भावना कायम रहने बताए।  

‘आज पनि नेपालको संविधान बडो संकटमा छ । यदी हामीले यसलाई करेक्शन गर्न सकेनौँ भने सम्भवतः प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुनसक्छ’, ृनले भने, ‘आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्ति संसदमा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानूनी राज्य समाप्त हुनसक्छ।’