मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार १७:११:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

टर्टलको लाइभ कन्सर्टमा गुन्जिँदै तृष्णा गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार १७:११:००

गायिका तृष्णा गुरुङ आज काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा गुन्जिने भएकी छिन् । भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङले राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए ।

नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हलमासमेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवा पुस्तामाझ चर्चित छन् । उनको ‘हस्की’ स्वर स्रोतामाझ प्रिय छ । टर्टलमा आज उनले ‘माया पिरती’, ‘खानी हो यामी’, ‘गाइने दाजैले’, ‘साँझको बेला’, ‘तिम्रो मेरो प्रेम’, ‘गुराँसै फुल्यो’सहित दर्जन बढी आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन् ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत  क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरुको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए ।