मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ६ शुक्रबार १३:५५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपा झाको एकल गीतिसंग्रह ‘झिलमिल सितारा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार १३:५५:oo

लामो समयपछि दीपा झा एकल गीतिसंग्रहमार्फत पुनः नेपाली सांगीतिक दुनियाँमा कमब्याक भएकी छिन् । मुम्बईको व्यस्त जीवनबाट केही दिनका लागि नेपाल आएकी गायिका झाको एकल गीतिसंग्रह ‘झिलमिल सितारा’को बिहीबार लोकार्पण गरिएको हो ।

होटेल याक एन्ड यतीमा म्युजिक नेपालद्वारा आयोजित एक कार्यक्रमबीच वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका झाले संयुक्त रूपमा गीति एल्बम सार्वजनिक गरे । प्रतिष्ठित संगीतकार आलोकश्रीद्वारा संगीतबद्ध गीति एल्बममा आठवटा गीत समावेश गरिएको छ ।
 
एसपी कोइराला, मुकुन्दराज शर्मा, आलोकश्री, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ  र अनिता प्रधानको शब्द रचना रहेको एल्बम  ‘झिलमिल सितारा’मा दीपाले दुईवटा गीतमा श्रीमान् उदीतनारायण र एउटा गीतमा छोरा आदित्यनारायणसँग युगल स्वर दिएकी छिन् ।