१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

९५ प्रतिशतले प्रयोग गर्छन् मोबाइल इन्टरनेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२१:oo

नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्तामध्ये ९५ प्रतिशतले मोबाइल सेटबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को असोजसम्म नेपालमा तीन करोड ८३ लाख ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक छन् ।  जुन कुल जनसंख्याको अनुपातमा १३१.५० प्रतिशत बराबर हुन आउँछ । जसमध्ये ९५.७९ प्रतिशतले मोबाइल सेटबाट नै ब्रोडब्यान्ड प्रयोग गर्ने तथ्यांक छ । 

त्यस्तै, शून्य दशमलव २३ प्रतिशतले फिक्स वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् भने ३५.४८ प्रतिशतले वायर फिक्स ब्रोडब्यान्ड प्रयोग गर्ने गरेको पाइएको छ । मोबाइल सेटबाट नेपाल दूरसञ्चारको इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड दुई लाख सात हजार एक सय ४४ छ । जसमध्ये दूरसञ्चारको थ्रिजी प्रयोगकर्ताको संख्या ७२ लाख ६३ हजार नौ सय ३७ रहेको छ । फोरजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख ५० हजार एक सय ८१ रहेको छ । इभिडिओ प्रयोगकर्ताको संख्या भने एक लाख ३६ हजार पाँच सय ७३ रहेको छ ।

त्यस्तै, मोबाइल सेटमा एनसेल ब्रोडब्यान्ड प्रयोगकर्ताको सख्या ८८ लाख ८५ हजार चार सय ९५ रहेको छ । जसमध्ये थ्रिजी प्रयोगकर्ताको संख्या १९ लाख ३४ हजार आठ सय ८२ रहेको छ । फोरजी प्रयोगकर्ताको संख्या ६९ लाख ५० हजार ६ सय १३ छ । स्मार्ट टेलिकमको मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या एक लाख २७ हजार पाँच सय ५१ छ । विभिन्न इन्टरनेट सेवाप्रदायकको मोबाइलमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९१ लाख ६८ हजार आठ सय तीन छ । कोरोना संक्रमणपछि मोबाइल इन्टरनेट प्रयोगकर्ता तीव्र गतिले बढेको तथ्यांकले देखाउँछ । 

नेपालमा एक करोड ८६ लाख २८ हजार तीन सय ४५ हजारले फोरजी सेवा प्रयोग गर्दै आएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत असोज महिनासम्मको तथ्यांकअनुसार ९१ लाख ९८ हजार आठ सय १९ ले थ्रिजी सेवा प्रयोग गर्दै आएका छन् । त्यस्तै, एक लाख ३६ हजार पाँच सय ७३ ले इभिडिओ सेवा प्रयोग गर्दै आएका छन् ।

त्यस्तै, तीन लाख ६९ हजार पाँच सय १५ जनाले एडिएसएल सेवा प्रयोग गर्दै आएका छन् । ९९ लाख ८७ हजार आठ सय ३७ ले केबल इन्टरनेट चलाउने गरेको पाइएको छ । जसमध्ये आठ लाख ८५ हजार नौ सय ८५ जनाले नेपाल दूरसञ्चारको केबल इन्टरनेट प्रयोग गर्छन् भने ९१ लाख एक हजार ५२ जनाले आइस्पानको केबल इन्टरनेट प्रयोग गर्छन् । नौ सय ५३ जनाले भने नेपाल दूरसञ्चारको इन्टरनेट लिज लाइन प्रयोग गर्दै आएका छन् । प्राधिकरणको तथ्यांकअनुसार ६९ हजार आठ सय २८ जनाले आइस्पानको फिक्स ब्रोडब्यान्ड प्रयोग गर्ने गरेको पाइएको छ ।

नेपालमा दुई करोड १५ लाख ६८ हजार चार सय ३९ जनाले नेपाल दूरसञ्चार कम्पनीको टेलिकम सेवा प्रयोग गर्ने गरेको पाइएको छ । प्राधिकरणको तथ्यांकअनुसार दूरसञ्चारको फिक्सअन्तर्गत पिएसटिएन सेवा प्रयोगकर्ताको संख्या चार लाख ६८ हजार १२ रहेको छ । डब्लुएलएल सेवाको प्रयोगकर्ता भने एक लाख १७ हजार एक सय ५० रहेको छ । त्यस्तै, एफटिटिएच भ्वाइस सेवा प्रयोगकर्ताको संख्या दुई लाख ३६ हजार ९७ छ भने भिएसएटी सेवाको प्रयोगकर्ता संख्या ८६ रहेको छ । 

मोबाइलअन्तर्गत जिएसएस सेवा प्रयोगकर्ताको संख्या दुई करोड चार लाख २७ हजार दुई सय ७१ छ भने सिडिएमए सेवाको प्रयोगकर्ता संख्या तीन लाख १९ हजार आठ सय २३ छ । एनसेलको मोबाइल दूरसञ्चार सेवा प्रयोगकर्ता संख्या एक करोड ७३ लाख ६ हजार आठ सय चार रहेको छ । स्मार्ट टेलिकमको २४ लाख १२ हजार एक सय २६ प्रयोगकर्ता छन् ।

ad
ad