Skip This
कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o७९ माघ ४ बुधबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १९:o६:oo

सर्लाहीका बयलवास बजारबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्।

बुधबार ईश्वरपुर नगरपालिका–६, बयलवास बजारबाट पेस्तोल र गोलीसहित ईश्वरपुर नगरपालिका–५, बस्ने २२ वर्षीय सन्जितकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो। 

शंका लागेर चेकजाँच गर्ने क्रममा महतोको साथबाट एक थान कटुवा पेस्तोल, त्यसका लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जनाएको जानकारी दिए।

पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महतो मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न हुँदै आएका थिए।

जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकी टोलीले महतोलाई पक्राउ गरेको हो।

महतोले मोटरसाइकल चोरी गर्ने र पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपैयाँसम्म माग्ने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवले बताए। मोटरसाइकल चोरीमा संलग्न गिरोहका अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो।