१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Sunday, 11 May, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७९ माघ ४ बुधबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई ‘ऐतिहासिक’ विश्वासको मत  

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १६:५४:oo

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ऐतिहासिक र अदभूत विश्वासको मत पाएका छन्। मुख्यमन्त्री यादवले प्रदेश सभाको सबै दल र सबै सांसदको विश्वासको मत पाएर मधेस प्रदेश सभाको इतिहासमा नयाँ रेकर्ड दर्ज गराएका हुन्। 

मुख्यमन्त्री यादवले विश्वासको मत लिने वेलामा सभामा उपस्थित एक सय दुई सासदमध्ये मत विभाजन हुँदा एक सय दुईजना सांसदले नै पक्षमा मतदान गरी विश्वासको मत दिएका हुन्। अर्थात् मुख्यमन्त्री यादवले सय सयमा प्रतिशत विश्वासका मत पाएका हुन् । 

मधेस प्रदेशका विपक्ष दल नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको छ। 

कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले संघीयतालाई संस्थागत विकास र सरकारलाई अस्थिरताबाट जोगाउन विश्वासको मत दिएको बताए।

विश्वासको मत दिएर पनि आफ्नो पार्टी प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने नेता यादवले बताए। एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पनि संघीयतालाई स्थायित्व दिने उद्देश्यले विश्वासको मत दिएको जनाएको छ।  
 
यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारूढ गठबन्धन दलहरू जसपा, नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोसपा, नेपाल संघीय समाजवादी पार्टी, राप्रपाका साथै विपक्षी दल कांग्रेस, उकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र निर्वाचित सांसदहरूले पनि विश्वासको मत दिएका छन्।