Skip This
हवाई दुर्घटनाप्रति चिनियाँ राष्ट्रपति दुःखी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार o८:५o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हवाई दुर्घटनाप्रति चिनियाँ राष्ट्रपति दुःखी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार o८:५o:oo

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछियाङले पोखरामा भएको हवाईजहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री लीले समकक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार सन्देश पठाएको चिनियाँ दूतावासले मंगलबार जानकारी दिएको छ । 

सन्देशमा सीले नेपालमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् । चिनियाँ सरकार र जनताको तर्फबाट उनले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको चिठीमा उल्लेख गरेका छन् । चिनियाँ प्रधानमन्त्री लीले पनि प्रधानमन्त्री प्रचण्डलाई यही सन्देश पठाएको दूतावासले जनाएको छ ।