१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ३ मंगलबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त परराष्ट्रमन्त्रीका तीन प्राथमिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १४:१४:oo

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आफ्नो कार्यकालमा तीन प्राथमिकता रहेको बताएकी छिन् । 

असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने बताएकी उनले कसैसँग सम्झौता नगरी नेपालको हितमा विदेशी कुटनीतिक नियोगहरूसँग समन्वय गर्ने बताएकी छिन् । 

राष्ट्रपति कार्यालयमा सपथग्रहणलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी उनले आफ्ना तीन प्राथमिकता रहेको बताएकी हुन् । 

सेवा प्रवाह जनमुखी र प्रभावकारी बनाउने, विदेशी कुटनीतिक नियोगहरूसँग सहकार्य र विभिन्न देशमा रहेका नेपाली दूतावासहरूमा नेपालीको सहज पहुँच आफ्ना मुख्य प्राथमिकता रहने उनको भनाइ छ । 

‘जनतामा परराष्ट्र मन्त्रालयले पुर्यउने सेवा र सुविधालाई सहज बनाउनु नै मेरो प्रथम प्राथमिकता हुनेछ भने विदेशी कुटनीतिक नियोगहरूसँगको सहकार्य दोस्रो प्राथमिकता रहनेछ,’ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा उनले भनिन्, ‘नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरूमा नेपालीको सहज पहुँच तेस्रो प्राथमिकता रहनेछ ।’