१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा उदासीपन कम गर्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:o५:oo

लक्षण 
बालबालिकाहरू खुलेर कुरा नगर्ने, अनावश्यक रूपमा धेरै खुसी वा दुःखी हुन सक्छन् । विनाकारण रुने, बेचैन हुने, चिडचिडापन देखाउन सक्छन् । धेरै बरबराउने, घुलमिल नहुने, एकान्तमा बस्न रुचाउने हुन सक्छन् । पेट, टाउको दुख्नेजस्ता लक्षण देखिने गर्छ । उनीहरूकोे आनिबानी र व्यवहारमा अस्वाभाविक परिवर्तन देखिन थाल्छ ।

एकोहोरो हुने, जिद्दी गर्ने, खानामा मन नगर्ने वा कहिले धेरै खाने गर्न सक्छन् । त्यसैगरी, एक्कासि  रिसाउने, झर्कने, पढाइमा रुचि नहुने, खेल्न, घुमफिर गर्न मन नगर्ने लक्षण देखिन सक्छन् ।  डिप्रेसन हुँदा बालबालिकाले ध्यान केन्द्रित गर्न नसक्ने, निद्रामा झस्किने, निष्क्रिय हुनेजस्ता लक्षण देखाउन सक्छन् ।

समाधान 
यस्ता लक्षण देखिँदा अभिभावक, घरपरिवार तथा शिक्षकहरूले विशेष ख्याल पुर्‍याउनुपर्छ । बालबालिकासँग नजिक हुने, उनीहरूका समस्याको बारेमा कुरा गर्ने गर्नुपर्छ । उनीहरूलार्ई  पर्याप्त समय दिनुपर्छ । बालबालिकाको भावना बुझ्ने, उनीहरूको भावनालाई सम्मान गर्ने तथा उनीहरूलाई भावना व्यक्त गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ ।

बालबालिकाको रुचि र चाहनाको ख्याल गर्नुपर्छ । बालबालिमा पढाइको अनावश्यक बोझ कम गर्ने र खेल्ने तथा मनोरञ्जन गर्ने वातावरण मिलाउनुपर्छ । बालबालिकामा डिप्रेसनको समस्या देखिँदा आवश्यकताअनुसार विज्ञको मद्दतसमेत लिनुपर्ने हुन सक्छ ।

ad
ad