१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १ आइतबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ १ आइतबार १o:२८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोलेस्ट्रोल नियन्त्रण गर्न के गर्ने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ १ आइतबार १o:२८:oo

- कोलेस्ट्रोल नियन्त्रण गर्न दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्ने ।

- वनस्पतिजन्य खानेकुरामा बढी जोड दिने, मासु कम खाने । तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्ने । 

- मदिरा सेवन नगर्ने । यसमा बढी क्यालोरी हुन्छ । जसले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी, बियरले ट्राइग्लिसाइडको मात्रा बढाउँछ । मोटो मानिसलाई त यो अझ बढी खतरनाक हुन्छ ।

- चुरोट सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । र, यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । र, यस्तो कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ । त्यसैले धूम्रपान पनि बन्द गर्नुपर्छ । 

के खाने ? 

- खानाको प्रकृतिले रगतमा बोसो या ब्याड कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ । तर, कुन खाना कति खाने भन्ने नियम सबैका लागि एउटै लागू हुँदैन । किनकि, हरेक मानिसको पाचन क्षमता फरक–फरक हुन्छ । त्यसैले आफैँले अनुभव गरेर खानाको प्रकृति र मात्राबारे बुझ्न आवश्यक हुन्छ ।

- मांसाहारीभन्दा शाकाहारी खाना खानु धेरै राम्रो हो । तर, शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुन्छ भन्ने छैन । शाकाहारी मानिसले पनि दूधको प्रयोग बढी गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । त्यसैले दूधजन्य पदार्थको प्रयोग कम गर्नुपर्छ । 

- माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन । तर, डिप फ्राई गर्दा भने समस्या निम्तिन सक्छ । अन्डाको सेतो भागमा पनि कोलेस्ट्रोलको मात्रा कम हुने भएकाले खान सुरक्षित मानिन्छ ।