मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
२०७९ पौष ३० शनिबार १६:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनका वेला गरेका वाचा पूरा गर्न क्रियाशील छौँ : विनोद चौधरी 

Read Time : < 1 मिनेट
२०७९ पौष ३० शनिबार १६:०३:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका वेला जनतासँग गरेका वाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन्। नवलपरासी–१ बाट निर्वाचित चौधरीले चुनाव सम्पन्न भएको एक महिनामै प्रतिबद्धता पूरा गर्न कामको सुरुवात भइसकेको बताएका हुन्।

शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘चुनावका वेला नेता–कार्यकर्ता र जनतासँग यो क्षेत्रको विकास नै मेरो लक्ष्य हो भनेको थिएँ। यो एक महिनामै प्रतिबद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ।’

उनले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी दिए।