मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष ३० शनिबार १५:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

Read Time : < 1 मिनेट
२०७९ पौष ३० शनिबार १५:३२:००

लमजुङमा माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन हुने भएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

हाल जिल्ला प्रशासन कार्यालयमा दुई स्टेसनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने प्रशासनले जनाएको छ ।

हाल जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने छ । राष्ट्रिय परिचयपत्र नम्बर तत्कालै आवश्यक परेका नागरिकलाई भने जिल्ला प्रशासन कार्यालयमै आएर विवरण भर्नुपर्ने प्रजिअ वैद्यले बताए ।