१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मनीष संकटामा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार o८:३४:oo

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनीष डाँगी संकटा क्लबसँग आबद्ध भएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका विश्वासिला मिडफिल्डरले १९ फागुनदेखि सुरु हुने लिगमा संकटाबाट प्रतिस्पर्धा गर्नेछन् । संकटाले बिहीबार सामाजिक सञ्जालबाट मनीषलाई अनुबन्ध गरिएको जनाएको हो । गत सिजनमा मच्छिन्द्रले लिग उपाधि रक्षा गर्दा मनीषले उल्लेखनीय योगदान दिएका थिए । 

नयाँ सिजनको लिग तयारी क्रममा संकटाले खेलाडी अनुबन्धनलाई तीव्र पारेको छ । संकटाले लिगमा उपाधि दाबेदारी दिने उद्देश्यका साथ सुनील बल, आयुष घलान, गौतम श्रेष्ठ, निशान खड्का, सुरजजिउ ठकुरी र टिकेन्द्र थापालाई अनुबन्धित गरिसकेको छ । पछिल्लो समय संकटाले अनुबन्धित गरेका अधिकांश खेलाडी राष्ट्रिय टोलीमा आबद्ध छन् । मनीषले सन् २०२१ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । 

उनले सन् २०१९ मा नेपालबाट एएफसी यू–१९ च्याम्पियनसिप खेलेका थिए । सन् २०२१ मा उनले नेपाली यू–२३ टोलीबाट एएफसी यू–२३ एसियन कप क्वालिफयर्स खेलेका थिए । सन् २०२१ को मेमा मनीषले इराकविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । यसैगरी, २०२१ मा भएको नेपाल सुपर लिगमा विराटनगर सिटीमा उनी आबद्ध भएका थिए । 

ad
ad
ad
ad