१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ पौष २७ बुधबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १५:१२:oo

लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीकाे पदमा नियुक्त गरेका हुन्। 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद आवश्यक  थियाे। उनलाई एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बहुमत सांसदको समर्थन प्राप्त भएको छ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा र जनमतका तीन–तीन सांसदले समर्थन गरेका थिए। गिरीले आजै दाबी पेस भएका थिए। 

यस्तै, कांग्रेसका २७, लोसपाका तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई स्वतन्त्र सांसद छन्।


 

ad
ad
ad
ad