१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ १ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:४४:oo

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादव मधेस प्रदेशका निवर्तमान सभामुख हुन् ।

प्रदेशप्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मधेस प्रदेश सभाका एक सय सात सदस्यमध्ये यादवलाई ६३ सांसदको समर्थन छ । बहुमत हस्ताक्षरसहित यादवले आज मध्याह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । 

उनलाई जसपा, एमाले, जनमत, माओवादी, राप्रपा र संघीय समाजवादी तथा एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् । 

मधेस प्रदेश सभामा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादीका नाै, राप्रपा र संघीय समाजवादीका एक–एक सांसद छन् ।

ad
ad