एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित गरेको हो ।
बैंकका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारणसभामा सेयरधनीले आ–आफ्ना विचार व्यक्त गर्दै कम्पनीबारे विभिन्न प्रश्न सोधेका थिए । बैंकको ०७९ असारसम्ममा खुद नाफा तीन अर्ब २९ करोड रुपैयाँ, निक्षेप एक खर्ब ८६ अर्ब ४० करोड रुपैयाँ र कर्जा एक खर्ब ८२ अर्ब नौ करोड रुपैयाँ रहेको जनाइएको छ ।
बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।