१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ पौष २६ मंगलबार १०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
२०७९ पौष २६ मंगलबार १०:०५:००

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित तीनजना मन्त्रीले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जम्कट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धव थापा रहेका छन् । उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।

एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राप्रपाबाट मन्त्री बनेका उद्धव थापाले विनाविभागीयमन्त्रीका रूपमा शपथ लिएका छन्  ।

एक सय १० सदस्यीय प्रदेश सभामा नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलले ७० जना सांसदको समर्थन पाएका छन् । माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा दाबी पेस गरेका जम्कट्टेलाई प्रदेश प्रमुख शर्माले सोमबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

उनलाई माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुईजना सांसदको समर्थन रहेको छ । जम्कट्टेल संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।