कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन १ माघमा हुने भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो बैठकले सभामुख र उपसभामुखको निर्वाचन १ माघमा तोकेको हो ।
प्रदेश सभाका ज्येष्ठ नागरिक विनोदकुमार शाहको अध्यक्षतामा बैठक बसेको थियो । कर्णाली सत्तागठबन्धन दलको आइतबार बसेको बैठकमा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।