Skip This
बागमतीमा आज नयाँ सरकार बन्दै, माओवादीका जम्कट्टेल मुख्यमन्त्री बन्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ पौष २५ सोमबार १२:५१:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा आज नयाँ सरकार बन्दै, माओवादीका जम्कट्टेल मुख्यमन्त्री बन्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १२:५१:oo

बागमती प्रदेशले आज सोमबार नयाँ सरकार पाउँदै छ। प्रदेश सरकार गठनका लागि गत बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले दिएको समय सीमाअनुसार दलहरूले सरकार बनाउन दाबी पेस गर्ने भएपछि बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको हो।

यस प्रदेशमा कुनै पनि एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुरूप आज माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन्। 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि बनेको नयाँ सत्तासमीकरणको निर्णयबाट बागमती प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने भएपछि माओवादीका नेता जम्कट्टेल मुख्यमन्त्री बन्ने भएका हुन्। जम्कट्टेलले एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने माओवादीका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सदस्य प्रेमबहादुर पुलामी छिन्तुले जानकारी दिए। सहमतिअनुसार बागमतीमा पहिलो साढे दुई वर्ष माओवादी र बाँकी साढे दुई वर्ष एमालेबाट मुख्यमन्त्री बन्नेछन्। बागमती प्रदेशको सभामुख भने राप्रपाले पाउनेछ।

माओवादी केन्द्रको संसदीय दलका नेता जम्कट्टेल बागमती प्रदेशको दास्रो कार्यकालको पहिलो तथा समग्रमा चौथो मुख्यमन्त्री बन्ने भएका छन्। यसअघि ०७४ सालमा नेकपाको सरकारमा पहिलोपटक आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका जम्कट्टेल हाल प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहेका छन्। गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा सदस्यमा धादिङको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित जम्कट्टेल यसअघि ०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

एक सय १० सदस्यीय बागमती प्रदेशमा सरकार गठनका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ। गठबन्धनसँग माओवादी २१, एमाले २७ र राप्रपा १३ गरी ६१ सदस्य छन्, जुन सरकार गठनका लागि पर्याप्त छ। प्रदेश सभामा माओवादी केन्द्र तेस्रो ठूलो दल हो। ३७ सिटसहित पहिलो पार्टी बनेको कांग्रेस भने बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी बन्ने भएको छ।