१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १३:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन : मुख्यसचिव बैरागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १३:२८:oo

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्। सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीचको एकीकृत कारोबार सुरु गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्न आत्तिनु नपर्ने उनको भनाइ छ। मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताए। ‘अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेका छन्, सूचकहरूमा सुधार आएको छ । यो मर्जरले सूचकमा राम्रो गर्नेछ । निजी क्षेत्र हतोत्साही हुनुपर्ने स्थिति छैन,’ उनले भने।

बैरागीले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेबारेमा लागिपरेको बताए। वर्तमान सरकारको प्राथमिकतामा अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढाएर एकजुट भई काम गर्न आवश्यक रहेको उनले स्पष्ट पारे।