Skip This
६ वर्षीय बालकले शिक्षिकालाई गोली हाने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Tuesday, 13 May, 2025
भर्जिनिया एजेन्सी
२o७९ पौष २४ आइतबार o८:o५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

६ वर्षीय बालकले शिक्षिकालाई गोली हाने 

Read Time : > 1 मिनेट
भर्जिनिया एजेन्सी
नयाँ पत्रिका एजेन्सी
२o७९ पौष २४ आइतबार o८:o५:oo

घाइते शिक्षिकाको अवस्था गम्भीर, बालकलाई नियन्त्रणमा लिएको प्रहरी भन्छ– आक्रमण संयोगवश होइन

अमेरिकाको पूर्वी राज्य भर्जिनियास्थित रिचनेक इलिमेन्टरी विद्यालयका एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षाकोठामा गोली हानेर शिक्षिकालाई गम्भीर घाइते बनाएका छन् । ती विद्यार्थीले चलाएको गोली लागेर शिक्षिका घाइते भए पनि कक्षाकोठामा रहेका विद्यार्थीलाई भने केही भएको छैन । बालकलाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् ।

‘आक्रमणकारी ६ वर्षीय विद्यार्थी हुन् । उनी हाल प्रहरी हिरासतमा छन्,’ स्थानीय प्रहरी प्रमुख स्टिभ ड्रिउले पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन ।’ बालकले कसरी बन्दुक फेला पारे भन्नेबारे प्रस्ट पारिएको छैन । त्यस्तै, गोली लागेर गम्भीर घाइते भएकी शिक्षिकाको पहिचान पनि खुलाइएको छैन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनी चिकित्सकको निरन्तर निगरानीमा रहेको बताइएको छ । शिक्षिकाको स्थिति निकै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बन्दुक प्रहार गर्नुअघि विवाद भएको जनाइएको छ । तर, गोलीबारी एउटा अलग घटनामा भएको ड्रिउले बताए । ५५० विद्यार्थीहरू भएको विद्यालयमा मेटल डिटेक्सन सुविधा भए पनि विद्यार्थीलाई अनियमित रूपमा जाँच गरिने गरिएको बताइएको छ ।

प्रहरीले घटनामा हाते बन्दुकको प्रयोग गरिएको बताए पनि हतियारको नाम खुलाइएको छैन । ‘यो डरलाग्दो छ, यस्तो कहिल्यै नहोस्,’ विद्यालय जिल्ला प्रमुख डा. जर्ज पार्करले भने, ‘हामी यस्ता घटना फेरि नदोहोरियोस् भन्ने सुनिश्चित गर्न चाहन्छौँ ।’

कलिला बालबालिकालाई बन्दुक उपलब्ध नहुने कुरा सुनिश्चित गर्न समुदायको सहयोग आवश्यक रहेको उनले बताए । उनले सोमबार विद्यालय बन्द हुने र यो दर्दनाक घटनासँग जुध्न विद्यार्थी र अभिभावकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तीन दिनअघि पदभार ग्रहण गरेका मेयर फिलिप जोन्सले उक्त गोलीकाण्डलाई ‘भर्जिनियाली सहर न्युपोर्ट न्युजका लागि कालो दिन’ भनेका छन् । विद्यालयमा हुने गोलाबारीले अमेरिकालाई त्रसित बनाएको छ । गत मेमा उभाल्डेमा १८ वर्षीय बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । गन भाइलेन्स अर्काइभ डाटाबेसका अनुसार गत वर्ष अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा करिब ४४ हजारजनाको मृत्यु भएको थियो । – एजेन्सी