Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २२ शुक्रबार १०:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक र अलोईबीच डिजिटल ग्रिन फाइनान्सिङका लागि समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २२ शुक्रबार १०:१५:००

नबिल बैंक लिमिटेडले ग्रिन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ । बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्ने समझदारी गरेको हो । 

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोई प्राइभेट लिमिटेडकी सहसंस्थापक सोनिका मानन्धरले समझदारीपत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

वरिष्ठ सिइओ शाक्यले दिगो वित्त पोषणका रूपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहज रूपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए ।