१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ पौष २१ बिहीबार १८:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा–रारा गोल्डकप : अमेरिकी टोली फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १८:o१:oo

पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका पोखरामा जारी २२औँ संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलको खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अमेरिकी टोलीले उपाधिका लागि शनिबार हुने फाइनल खेलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो। जारी प्रतियोगिता बाई पाएर क्वार्टरफाइनल प्रवेश गरेको अ‍मेरिकी टोलीले प्रतियोगिताको ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो।

यसैगरी, प्रिक्वार्टरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल प्रहरीको पुलिस क्लबलाई २–१ गोल अन्तरले र क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छ्रिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा अमेरिकी टोली दोस्रोपटक सहभागी भएको हो। यसअघिको संस्करणरमा विभागीय टोली एपिएफसँग क्वार्टरफाइनलमा ३–१ ले पराजित भएको अमेरिकी टोली यसपटक उपाधिनजिक पुगेको हो।

अमेरिकी टोलीले उपाधि यात्रा तय गर्ने क्रममा रेजिन प्रजापतिले गरेको एक मात्र गोल निर्णायक बन्यो। पहिलो हाफको इन्जुरी समय ४५+३ मा प्रविन बस्नेतले मिलाएको पासलाई खेलका म्यान आफ दी म्याचसमेत बनेका रेजिनले सदुपयोग गरेका थिए।

खेलको ८४औँ मिनेटमा चर्च ब्वाइज १० खेलाडीमा सीमित हुन पुगेको थियो। खेलको ७९ र ८४औँ मिनेटमा गरी दोहोरो पहेलो कार्ड खाँदै आशिष चौधरी मैदानबाट बाहिरिँदा चर्च ब्वाइज १० खेलाडीमा सीमित भएको थियो।