Skip This
बृहस्पति विद्या सदनको ‘नाट्यमणि’मा दुई नाटक मञ्चन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Tuesday, 16 September, 2025
संजित परियार काठमाडौं
२o७९ पौष २१ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बृहस्पति विद्या सदनको ‘नाट्यमणि’मा दुई नाटक मञ्चन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १७:५o:oo

घरमा हुँदा बालबालिका र अभिभावकबीचको द्वन्द्व र प्रविधिको विकाससँगै बढ्दै गएको दूरी र सो वातावरणमा हुर्किएका बालबालिकाको शैक्षिक अवस्थामा पर्ने असरबारे २ नाटक मञ्चन गरिएको छ।

बिहीबार बृहस्पति विद्या सदनले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘नाट्यमणि’ वार्षिक नाटक प्रदर्शनीमा करिब १५० विद्यार्थीले नाटक प्रदर्शन गरेका हुन्। करिब एक महिनाको तयारीपछि उनीहरूले आफ्नो प्रस्तुति देखाएका हुन्।

‘पुस्तकमा भएका नाटक मात्रै पढ्दा विद्यार्थीले रंगमञ्चमा कसरी नाटक प्रस्तुत गरिन्छ भन्ने थाहा पाउन सक्दैनन्। त्यसकारणले उनीहरूलाई यसको प्रयोगात्मक पक्षका बारेमा जानकारी दिन यो आयोजना गर्ने गरिएको छ,’ विद्यालयकी सञ्चार संयोजक डोल्मा लामाले बताइन्।

करिब दुई घण्टा लामो नाटक समारोहमा घरमा अभिभावकहरूले आफ्ना बालबालिकालाई समय दिन नसक्दा उनीहरूको पढाइ र व्यक्तित्व विकासमा पार्ने असरलाई देखाइएको थियो। नाटकमा सहरीका साथै ग्रामीण परिवेशलाई समेत समेटिएको विद्यालयका प्रिन्सिपल कुमार थापाले बताए।

दुई नाट्य प्रशिक्षकले तयार पारेको पटकथालाई विद्यार्थीको सुझाव र अनुभवसहित संशोधन गरेर नाटक प्रस्तुत गरिएको थापाले जानकारी दिए।