१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७९ पौष २१ बिहीबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १६:o९:oo

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन्। सरकार गठनका लागि पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२)बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख गुरुङले आह्वान गरेका हुन्।

मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (१)बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२)बमोजिम आह्वान गरिएको हो।

ad
ad
ad
ad