
निरन्तरको शीतलहरले महोत्तरीको दैनिक दिनचर्या प्रभावित भएपछि विपन्न बस्तीमा नेपाली सेनाले चिया र न्यानोको व्यवस्था गरेको छ ।
नेपाली सेनाको प्रकौलीस्थित रणभीम गणको तर्फबाट जलेश्वर नगरपालिका– ६ धवौलीको दलित र विपन्न बस्तीमा चियासँगै दाउरा बालेर न्यानोको व्यवस्था गरिएको गणपति प्रमुख सेनानी उत्तम कटवालले जनाए । उनले अझै चिसो प्रभावित बस्तीहरूमा पुगेर चिया र आगोको बन्दोवस्त गर्ने प्रयास भइरहेको बताए ।
मंगलबार नेपाली सेनाले एक सय ७५ घरधुरी लाभान्वित हुने गरी १२ क्विन्टल दाउरा विभिन्न स्थानमा बालेको हो ।