मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष २० बुधबार १०:०१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
२०७९ पौष २० बुधबार १०:०१:००

बागमती प्रदेश सभा सचिवालयले बागमती प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । साेमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनका लागि आगामी पुस २९ गते मिति निर्धारण गरेको छ । 

प्रदेश सभाले सभामुखको निर्वाचनका लागि मिति तोकेसँगै सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

पुस १८ गतेको प्रदेश सभा बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउन र निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न सचिव खड्कालाई जिम्मेवारी दिएको छ । सचिव खड्काले प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचन कार्यक्रमको सार्वजनिक गरेको जानकारी दिए ।

सचिव खड्काका अनुसार पुस २८ गते बिहीबारका लागि मनोनय दर्ताको कार्यक्रम राखिएको छ । उक्त दिन बागमती प्रदेश सभा सचिवालयको कोठा नम्बर १२ मा बिहान १०:३० बजेदेखि २:०० सम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो २:३० बजेदेखि ३:३० सम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसैगरी पुस २९ गते शुक्रबार बिहान ११:०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।