बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट व्यापार सम्झौतामा हस्ताक्षर गरेको दुई वर्ष बितेको छ । उक्त डिलमा हस्ताक्षर गर्दै जोन्सनले युरोपियन युनियन (इयू)बाट बाहिरिएसँगै ब्रिटेन झनै समृद्ध र गतिशील बन्ने उद्घोष गरेका थिए । जोन्सनका अनुसार ब्रेक्जिट सम्झौताले इयूसँग बेलायतका कम्पनीलाई अझै बढी व्यापार गर्न सक्षम बनाउँछ । साथै, ४५ करोड उपभोक्ता रहेको इयू बजारमा निर्बाध निर्यात जारी राख्दै बेलायतलाई विश्वभरमा व्यापार सम्झौताका लागि स्वतन्त्र राख्छ ।
तर, वास्तवमा ब्रेक्जिटले समग्र बेलायतको अर्थतन्त्रलाई प्रभावित पारेको छ । ऊ जी–७ को मात्र सदस्य छ, जहाँ उन्नत अर्थतन्त्र भएका क्यानडा, फ्रान्स, जर्मनी, इटाली जापान र अमेरिका पनि छन् । यिनीहरूको अर्थतन्त्र महामारी पहिलेको तुलनामा घटेको छ । सबभन्दा ठूलो व्यापारिक साझेदार इयूसँग ब्रिटेनको भावी व्यापारिक सम्बन्धमा लामो अलमलले वैदेशिक लगानीमा हानि पुर्याएको छ । वैदेशिक लगानीमा गत तेस्रो त्रैमासमा महामारीपूर्वको स्तरभन्दा आठ प्रतिशतले कमी देखिएको थियो ।
अहिले पाउन्ड दबाबमा हुँदा आयात झनै महँगिएको छ । यस्तै, निर्यातलाई बढावा दिन नसक्दा मुद्रास्फीति बढेको छ । जब कि महामारीपछि विश्वका कैयौँ देशको व्यापारमा वृद्धि देखिएको छ । तर, इयू जनमतसंग्रहपछि बेलायती मुद्रा पाउन्डको मूल्य पाँच गुणाले अवमूल्यन भएको छ ।
बेलायतलाई इयूमा व्यापार गर्ने थलोका रूपमा उपयोग गर्ने बेलायती व्यापार र अन्तर्राष्ट्रिय कम्पनीलाई ब्रेक्जिटले अवरोध खडा गरिदिएको छ । यसको प्रभाव आयात–निर्यात, लगानी र श्रमशक्तिमा देखिएको छ । यी सबै तवले बेलायतको मुद्रास्फीति संकटमा छ ।
बेलायतले जनमतसंग्रहमार्फत ब्रेक्जिट रोज्यो । ब्रेक्जिटसँगै सरकारले अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्यो, जसले गर्दा आर्थिक लागत बढ्न गयो । अब ब्रेक्जिटबाट सुदृढ आर्थिक अवस्थाको आशा लगभग सकिइसकेको छ ।
ससेक्स युनिभर्सिटीस्थित सेन्टर फर इन्क्लुसिभ ट्रेड पोलिसीका उपनिर्देशक एलन विन्टर्सका अनुसार अन्य देशको तुलनामा बेलायतले खराब प्रदर्शन गर्नुको कारण नै ब्रेक्जिट हो । युकेको अर्थतन्त्रमा देखिएको निराशा श्रमिक हडतालमा उजागर भएको छ । समयमै तलब भुक्तानी हुन नसक्दा यहाँबाट ठूलो संख्यामा श्रमिक बाहिरिएका छन् । दशककै खराब मुद्रास्फीतिले बेलायतलाई बेहाल बनाएको छ । साथै, सरकारले बजेट धान्न खर्च कटौती गर्दै करका दर बढाएको छ । जब कि ब्रेक्जिटले बेलायतको जनजीविकालाई महँगो बनाएको त होइन । यद्यपि, यसले यो समस्यालाई थप कठिन भने अवश्य बनाएको छ ।
बेलायतले जनमतसंग्रहमार्फत ब्रेक्जिट रोज्यो । ब्रेक्जिटसँगै सरकारले अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्यो, जसले गर्दा आर्थिक लागत बढ्न गयो । अब ब्रेक्जिटबाट सुदृढ आर्थिक अवस्थाको आशा लगभग सकिइसकेको छ ।
ब्रेक्जिटको लागत व्यवसायमा
जुन सन् २०१६ मा बेलायतले इयूबाट छुट्टिन मतदान गरे पनि स्वतन्त्र व्यापार सम्झौता गरी एकल बजार तथा एकल भन्सार प्रणालीबाट भने डिसेम्बर २०२० बाट मात्र बाहिरिएको हो । यसले अधिकांश वस्तुमा शुल्क त हटायो । तर, सीमा नियन्त्रण, भन्सार चेकजाँच, आयात करका साथै वनस्पति, मासुजन्य उत्पादनमा क्वारेन्टाइन परीक्षणजस्ता गैरशुल्क अवरोध सिर्जना गरायो । ब्रेक्जिटअघि केन्टको कुनै किसानले ट्रकभरि आलु लोड गरी लन्डन पठाए झैँ सजिलै पेरिस पनि पठाउन सक्थ्यो । तर, अहिले यसो गर्न सक्दैन ।
लघु उद्यमका संस्थापक मिसेल ओभेन्स अहिले लघु उद्यमले निकै सास्ती खेप्नुपरेको बताउँछन् । उनका अनुसार मालसामान बोकेका सवारी र कुरियर हप्तौँ सीमानाकामा अलपत्र परेको खबर आइरहेको छ । र, यस्तो समस्याका फेहरिस्त लामो छ, जुन विस्मयकारी हो । पछिल्लो दुई वर्षमा देखिएको स्थिति साना व्यवसायका लागि खराब रहेको उनको ठहर छ । लन्डन स्कुल अफ इकोनोमिक्सका अनुसन्धानकर्ताका अनुसार ब्रेक्जिटको पहिलो वर्ष इयूमा निर्यात हुने बेलायती उत्पादनको विविधतामा ३० प्रतिशतले गिरावट आएको थियो । यसको मूल कारण थियो, साना निर्यातकको पहुँचबाट इयूको बजार बाहिर पुग्नु ।
उदाहरणका रूपमा बेलायती कम्पनी लिटिल स्टारलाई लिन सकिन्छ । उक्त कम्पनीले बच्चाका गहना बनाउँछ । उसले नेदरल्यान्ड्समा राम्रो कारोबार गरेको थियो भने फ्रान्स र जर्मनीमा व्यापार सुरु गर्ने योजना पनि बनाइरहेको थियो । तर, ब्रेक्जिटपछि यसका ३० भन्दा धेरै डच खरिदकर्तामध्ये दुईले मात्र यो कम्पनीबाट सामान खरिदको कागजी प्रक्रिया थाल्न तयार भए ।
ब्रेक्जिटले समग्र बेलायतको अर्थतन्त्रलाई प्रभावित पारेको छ । ऊ जी–७ को मात्र सदस्य छ, जहाँ उन्नत अर्थतन्त्र भएका क्यानडा, फ्रान्स, जर्मनी, इटाली जापान र अमेरिका पनि छन् । यिनीहरूको अर्थतन्त्र महामारी पहिलेको तुलनामा घटेको छ ।
पहिले सामान पठाउन दुई दिन लाग्ने ठाउँमा अहिले तीन हप्ता लाग्ने गरेको छ । त्यसमाथि भन्सार शुल्क र बिक्री करले युरोपियन ज्वेलरीसँग प्रतिस्पर्धा गर्न कठिन बनाइदिएको छ । यस्तोमा कम्पनीले नयाँ व्यापार गन्तव्यका रूपमा अमेरिकातिर आँखा लगाइरहेको छ ।
यस्तै, कुकुरको खाना बनाउने नोभा डग च्युजका अनुसार ब्रेक्जिटले इयूको सबै व्यापार तहसनहस पारेको छ । बे्रक्जिटका कारण इयूमै कारखाना स्थापना गर्नुपर्दा निकै ठूलो धनराशि खर्च भएको छ । ब्रेक्जिट हुन्नथ्यो भने यो रकम बच्थ्यो र त्यसलाई बेलायतमै लगानी गर्न सकिने उनको भनाइ छ ।
व्यापारमा स्थायी क्षति
विश्वको सबैभन्दा ठूलो बजारको निर्बाध पहुँचबाट गुमाएको चिज बेलायतले अन्त कतैबाट पनि सजिलै पूर्ति गर्न सक्नेछैन । युरोपेली संघबाट बाहिरिएयता उसले गरेको नयाँ व्यापार सम्झौता भनेको केवल इयूकै सदस्य रहेका अस्ट्रेलिया र न्युजिल्यान्ड मात्र हुन् ।
बेलायत सरकारको अनुमानअनुसार यसले पनि बेलायतको अर्थतन्त्रमा नगन्य प्रभाव पार्नेछ । यी दुई मुलुकसँगको व्यापार सम्झौताले दीर्घकालमा बेलायतको जिडिपी क्रमशः ०.१ र ०.०३ प्रतिशतले वृद्धि गर्नेछ । तर, सरकारका लागि आर्थिक पूर्वानुमान गर्ने युके अफिस फर बजेट रेस्पोन्सिबिलिटी भने ब्रेक्जिटले १५ वर्षमा बेलायतको उत्पादन चार प्रतिशतले घटाउने अनुमान गर्छ । यस्तै, भविष्यमा आयात–निर्यात पनि १५ प्रतिशत कम हुने अनुमान उसको छ ।
अर्थतन्त्रीय सूचक विकसित राष्ट्रहरूमध्ये आगामी वर्ष बेलायत सबैभन्दा खराब प्रदर्शन गर्ने अर्थतन्त्र हुने आकलन गरिएको छ । आर्थिक सहयोग तथा विकास संगठनले बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले संकुचन हुने अपेक्षा गरेको छ ।
– सिएनएनबाट