१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Monday, 01 July, 2024
२o७९ पौष १७ आइतबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भीमफेदीमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १२:५o:oo

मकवानपुरको भीमफेदी गाउँपालिका– २ भैँसेमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा  एकजनाको ज्यान गएको छ। घटनामा परी अन्य आठजना घाइते भएका छन्।

त्रिभुवन राजपथअन्तर्गत भीमफेदी– २ भैँसे आँपचौरनजिक हेटौँडाबाट पालुङतर्फ जाँदै गरेको ना.४च ९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बारा जिल्ला विश्रामपुर गाउँपालिमा– ३ का अन्दाजी २० वर्षीय राहुलकुमार पण्डितको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरूमा बारा विश्रामपुर– ३ का २७ वर्षीय अजय चौरसिया, भारतको झारखण्ड घर भएका ३६ वर्षीय विजय दास, पर्सा वीरगन्ज महानगरपालिका– १७ बस्ने १८ वर्षीय सुमित गुप्ता रहेका छन्।

यसैगरी पर्सा बौदरमाई– ५ बस्ने २६ वर्षीय दीनानाथ प्रसाद, बारा विश्रामपुर– ३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय शिवजी साह, सोही स्थानका अन्दाजी १८ वर्षीय धीरज चौरसिया, सोही स्थानकै १७ वर्षीय पप्पुकुमार गुप्ता र  पर्साको बौदरमाई– ५ बस्ने अन्दाजी २८ वर्षीय उमेश कुशवाह घाइते भएका प्रवक्ता कार्कीले जानकारी दिए।

घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad